- भदौ ०३, २०८१
काठमाडाैँ। भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन्।
मंगलबार पक्राउ परेका केआईआईटी विश्वविद्यालयका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे।
भारतीय सञ्चार माध्यमका अनुसार विश्वविद्यालयकाे मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ तथा सुरक्षागार्डद्वय रमाकान्त नायक र जोगिन्द्र बेहेरा धरौटीमा छुटेका हुन्।
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको आइतबार रहस्यमय मृत्यु भएकाे थियाे। प्रकृतिको मृत्युबारे अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्दै जबर्जस्ती निकालेको थियाे। याे घटनाकाे चाैतर्फी आलाेचनापछि प्रहरीले उनीहरुलाई गरेकाे थियाे भने विश्वविद्यालयले माफीसमेत मागेकाे थियाे।
उक्त घटनाकाे छानबिन गर्न ओडिसा प्रदेश सरकारले उच्च स्तरीय समिति बनाइसकेको छ।
टिप्पणीहरू: