शुक्रबार, २९ चैत २०८१

नेपाली विद्यार्थीको अवस्था बुझ्न र सुरक्षाको वातावरण मिलाउन ओडिसा पुग्याे नेपाल प्रहरीको टोली


काठमाडाैँ। भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयका नेपाली विद्यार्थीको अवस्था बुझ्न र विद्यार्थीलाई सुरक्षाको वातावरण मिलाउन नेपाल प्रहरीको टोली पुगेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले केआइआइटीमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षाको वातावरण मिलाउने मंगलबार बिहान नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विश्वविद्यालय पुगेकाे जानकारी गराएकी हुन् ।

आफुले उनीहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकाे समेत बताएकी छन्।

‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु’, उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन् ।

ओडिसाकाे घटनाकाे विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका बताएकी छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ