- असार ०७, २०८०
काठमाडाैँ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिकाे बैठकमा सांसदहरूबीच चर्काचर्की परेकाे छ।
शुक्रबार बसेकाे समितिकाे बैठकमा भिजिट भिसा प्रकरणको विषयले प्रवेश पाएपछि सांसदहरूबीच चर्काचर्की परेकाे हाे।
समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले खाडीमा घरेलु कामदारको विषयसँगै भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गरे।
सांसद पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग गरे। भिजिट भिसा प्रकरणकाे मुद्दा रास्वपाको मात्रै हो र? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए।
कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको भन्दै प्रतिवाद गरे। त्यसैक्रममा सांसदहरूबीच चर्काचर्की परेकाे हो।
उक्त विषयमा सांसदहरुको भूमिका सक्रिय नखेदेखिएको भन्दै पराजुलीको टिप्पणीप्रति नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेसका सांसदहरु राजु थापा र कान्तिका सेजुवालले आपत्ति जनाए।
टिप्पणीहरू: