- असार ०६, २०८०
काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले आमाछोराको हत्या गरेका छन् । बिहान ३ बजेतिर धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।
बारा परवानीपुर गाउँपालिका वडा नम्बर नं १ मा २७ वर्षीय रामेश्वर मण्डल र उनको आमा ४६ वर्षीया सुमित्री देवीको टाउको काटेर हत्या गरिएको हो । श्रीमान् जगरूप महतो मण्डल, उनकी छोरी २० वर्षीया रीना कुमारी गम्भीर र बुहारी मनिता घाइते छन् । उनीहरूको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।
टिप्पणीहरू: