बुधबार, २४ असार २०८३

देउवापुत्र जयवीरलाई एक साता भित्र बयानका लागि उपस्थित हुन सम्मत्ती सुद्धीकरणकाे पत्र


काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर  देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र पठाएकाे छ ।

विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको घरमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो । देउवाकाे घर अहिले भग्नावशेष अवस्थामा छ ।

पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ ।

विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।

जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धफीकरण विभागलगायतका निकायमा उजुरी परेको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ