- असार ०६, २०८०
काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सरुवा गरेका स्थानमा जान आनाकानी गर्न कर्मचारीहरूलाई मार्गप्रसस्त गर्न आग्रह गरेकी छन्।
मन्त्री रावलले जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार रहेकाे भन्दै सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई नभएकाे बताइन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको छ भने, भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ।
यसअघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि मन्त्री रावलले चेतावनी दिएकी हुन्।
मन्त्रालयले यसअघि प्रमुख प्रशासकिय अधिकृतविहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मङ्गलबार कर्मचारी पठाएको छ।
अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
केही कर्मचारीले सिंहदरबार छाड्न नचाहने प्रवृत्तिले सिंगाे कर्मचारी प्रशासन बदनाम भएकाे छ । मन्त्री रावलले अब सरुवा गरेकाे ठाउँमा जान नचाँहनेलाई कार्वाही गर्ने संकेत गरेकी छिन् ।
टिप्पणीहरू: