- भदौ ०१, २०८१
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताएका छन्।
तर त्यसका लागि इरानी शासनले वर्षौसम्म परमाणु हतियार नबनाउने कुरामा आफूहरू निश्चित हुनुपर्ने उनले उल्लेख गरेका छन्।
ओभल अफिसबाट बोल्दै ट्रम्पले भने, ‘इरान सम्झौता गर्न भिख मागिरहेको छ, तर त्यो हुन्छ कि हुँदैन भन्ने कुरा अमेरिकाको समयतालिकाका लागि अप्रासंगिक छ।’
यसअघि, इरानी राष्ट्रपति मसुद पेजेशकियनले तेहरानसँग युद्ध अन्त्य गर्ने ‘आवश्यक इच्छाशक्ति’ रहेको तर शत्रुहरूले फेरि आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्ने बताएका थिए।
टिप्पणीहरू: