मङ्गलबार, ०४ कात्तिक २०८२

मन्त्री घिसिङले गरे चोभार गल्छी क्षेत्रको निरीक्षण


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । 

मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती, वाग्मती करिडोरलगायत क्षेत्रको अवलोकन गरी ती क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका हुन् । सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क भएर बस्न आग्रह गर्नुभएको  मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ