मङ्गलबार, ०४ कात्तिक २०८२

धनगढी बस दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते


सुदूरपश्चिम । धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२ जना घाइते भएका छन् । 

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो । बसमा सवार सबै १२ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ