- फागुन ०७, २०८१
काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।
शाक्यले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री घिसिङसँग भेटवार्ता गरेका हुन्।
सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएपछि पदभार सम्हालेका शाक्य ऊर्जामन्त्री भेट्न मन्त्रालयमा पुगेका हुन्।
भेटमा मन्त्री घिसिङले शाक्यलाई सरकार र प्राधिकरणको हितमा परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन्।
मन्त्री घिसिङले शाक्यसँग सल्लाह गरेर नै उनलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यको रूपमा सरुवा गरेको उल्लेख गरे।
‘मैले सकिनँ, मलाई सरुवा गर्दा हुन्छ भनेपछि तपाईंसँग सल्लाह गरेर नै जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यको रूपमा सरुवा गरेको थिएँ। तर तपाईं अदालत जानुभयो। अदालतबाट पुनर्बहाली भएर आउनुभएको छ। अब द्वन्द्व बढाउनेतिर भन्दा पनि परिणाममुखी काम देखाउने गरी काम गर्न लाग्नुस्’, उनले भने।
टिप्पणीहरू: