बिहिबार, २५ मंसिर २०८२

भिजिट भिसा प्रकरणमा जाेडिएका तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा


काठमाडौँ । भिजिट भिषा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहिबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

भिजिट  भिसा प्रकरणमै जाेडिएका तत्कालिन गृहमन्त्री रमेश लेखकबिरुद्ध भने अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग माैन रहेकाे छ ।

भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा कर्मचारीमाथी अख्तियारले अनुसन्धान गरेको थियो। 

भिजिट भिसा प्रकरणमा जाेडिएकाे भन्दै तत्कालिन गृहमन्त्री लेखककाे चाैतर्फी आलाेचना भएकाे थियाे ।

अख्तियारले सहसचिव तीर्थराज भट्टराई विरुद्ध करिब ७९ लाख र अर्याल विरुद्ध ५ लाख विगो माग दावी गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ