शुक्रबार, २७ चैत २०८२

आगलागी पीडित परिवारलाई मेयर रिना साहले दिइन् राहत सामाग्री


रौतहट । रौतहटको मौलापुर नगरपालिकाले मौलापुर बजारका आगलगी पीडित जगदीश  साहलाई राहत उपलब्ध गराएको छ । 

तीन दिनअघि साहको घरमा ग्यास सिलिण्डर पड़केर आगलागी भएको थियो । घरवार बिहीन भएका पीड़ित परिवारलाई दैनिक प्रयोग हुने अतिआवश्यक राहत सामाग्री मौलापुरका मेयर रिनाकुमारी साहले उपलब्ध गरएकी छन ।

चामल, दाल, तरकारी, नून-तेल, त्रिपाल तथा नगद ५ हजार रुपैया सहित राहत सामग्री लिएर पीडित साह परिवारलाई  नगरप्रमुख रिनाले उपलब्ध गराएको हो । 

`आज मौलापुर नगरपालिकाले आगलगी पीड़ित जगदीश साहलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । चामल, दाल, तरकारी, नून-तेल, त्रिपाल तथा नगद ५ हजार रुपैया सहित राहत सामग्री लिएर घरमा पुग्नुभएका नगरप्रमुख रीना कुमारी साहजीले पीड़ितलाई तुरुन्त बासको ब्यवस्था समेत मिलाउने बताउनु भएको छ । मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ