- असार ०७, २०८०
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ । यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् ।
मौलापुर नगरपालिकाले मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउने जनाएको छ । मौलापुरका मेयर रिनाकुमारी साहले मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र भईरहेको बताउदै मधानीमा नेपाल र भारतका चर्चित कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत हुने जानकारी दिइन् ।
हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुँदैछ ।
यसअघि मधानी महायज्ञमा हिन्दीका स्टार गोविन्दा, नेपाली स्टारहरु राजेश हमाल, पल शाह, भोजपुरीका स्टारहरु दिनेशलाल यादव निरहुवा, पवन सिंह, खेसारीलाल यादव, अम्रपाली दुवे, अक्षरा सिंह लगायतका नेपाल र भारतका कलाकारहरु सहभागि भईसकेका छन् ।
यसैगरी मधानी महायज्ञमा भारतको काशी विश्वनाथ मन्दिरका मुल पुजारी डा.श्रीदेव मिश्र, बनारस हिन्दु विश्व विद्यालय वेद विभागका प्रमुख प्रोफेसर पतन्जली मिश्र, ईन्डोलोजिक सर्भिसेज काशी, वाराणशी भारतका अध्यक्ष आचार्य शंकर सहितका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने बताईएको छ ।
मधानी महायज्ञमा नेपाल र भारतका साधुसन्तहरुको विशेष जमघट हुने गरेको छ । यस अघिको महायज्ञमा पशुपतिनाथ मन्दिर काठमाडौंका मुल भट्ट, बाबाधाम भारतका पुजारी सहितका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता भईसकेको छ । यसैगरी महायज्ञमा प्राचिन खेल कुस्ती/दंगलको समेत कार्यक्रम रहेको छ ।
मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ आयोजना हुदै आएको छ । मौलापुरका मेयर साहले मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शानार्थी आउँने गरेकाले यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने काम समेत गर्ने बताईन् ।
टिप्पणीहरू: