शनिबार, ३० चैत २०८१

मोटरसाइकलबाट खसेर त्रिशूलीमा बेपत्ता भएका रानाको शव ९ दिनपछि भेटियाे


काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि भेटिएकाे छ।

उनको शव चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते बिहान अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हँदा रानाको त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।

२७ वर्षीय उनको शव आज बिहान त्रिशूलीमा तैरिरहेको अवस्थामा फेला परेकाे हाे। प्रहरीका अनुसार रानाको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ