मङ्गलबार, २६ साउन २०८३

जापान पठाइदिन्छु भन्दै दुई कराेड ८० लाख ठगी गर्ने पक्राउ


काठमाडाैं ।  जापान पठाइदिने आस्वासन दिएर २ करोड ८० लाख रुपैयाँ ठगी गरेकाे अभियाेगमा ग्याट्सबी इन्टरनेसनल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।

उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएकाे पक्राउ पुर्जीका आधारमा साेमबार बुटवलबाट पक्राउ गरिएको हो।

बुढाथोकीले ग्याट्सबी इन्टरनेसनल प्रा. लि. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ।

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ