आइतबार, २८ पुस २०८१

मलाला युसुफजाईद्वारा तालिबानलाई ‘वैधता’ नदिन मुस्लिम नेताहरूसँग आग्रह


नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले आइतबार मुस्लिम नेताहरूसमक्ष अफगान तालिबान सरकारलाई ‘वैधता’ नदिन र महिला तथा बालिकाको शिक्षामाथिको प्रतिबन्धको विरोध गर्दै ‘वास्तविक नेतृत्व’ देखाउन आग्रह गरेकी छिन् ।

“उनीहरूलाई वैधता नदिनुहोस्”, पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षासम्बन्धी शिखर सम्मेलनमा शिक्षा अधिकारीहरूलाई सम्बोधन गर्दै २७ वर्षीया युसुफजाईले भनिन्, “मुस्लिम नेताहरूका रूपमा अब आफ्नो आवाज उठाउने र आफ्नो शक्ति प्रयोग गर्ने समय हो । तपाईंहरूले वास्तविक नेतृत्व देखाउन सक्नुहुन्छ ।”

पाकिस्तानका शिक्षामन्त्री खालिद मकबुल सिद्दिकीले शनिबार एएफपीलाई बताए अनुसार निमन्त्रणा गरिए पनि अफगान तालिबान सरकारका प्रतिनिधिहरू दुई दिने कार्यक्रममा उपस्थित भएनन् ।

“सरल भाषामा भन्नुपर्दा तालिबानले महिलाहरूलाई मानव प्राणीका रूपमा हेर्दैन”, युसुफजाईले सम्मेलनमा भनिन्, “उनीहरूले आफ्नो अपराधलाई सांस्कृतिक र धार्मिक औचित्यमा लुकाउँछन् ।” महिला शिक्षा अधिकारका लागि अभियान चलाउँदै गर्दा सन् २०१२ मा १५ वर्षीया स्कुलकी छात्रा हुँदा पाकिस्तानी तालिबानले युसुफजाईको अनुहारमा गोली हानेका थिए

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ