- असार ०६, २०८०
काठमाडौं, २८ पुस । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ ।
उक्त मुद्दाको सन्दर्भमा लामिछाने आज बिहान आफै अदालतमा उपस्थित भएका थिए । उनका कानुन व्यवसायीहरूले हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा छाड्न माग गरेका थिए । तर, सरकारी वकिलले उनको बयान पढ्न समय माग गरेका थिए ।
टिप्पणीहरू: