शुक्रबार, २९ चैत २०८१

मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना, त्रिशूलीमा खसेर चालक बेपत्ता


काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल शुक्रबार बिहान साढे ११ बजेतिर चितवन ईच्छाकामना गाउँपालिका-५  कालीखोला भन्ने स्थानमा दुर्घटना भएकाे हाे।

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएकाे र चालक त्रिशूली नदीमा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

बेपत्ता हुनेमा लम्जुङ घर भएका २७ वर्षीय रोहित राना रहेका छन्। मोटरसाइकल चालकको पर्स भीरमा फेला परेपछि उनको पहिचान खुलेको हो।

प्रहरीका अनुसार उनकाे पर्समा नागरिकता भेटिएकाे र उनी भारतीय सेना रहेकोसमेत खुल्न आएको छ । उनकाे खाेजी कार्य जारी छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ