बुधबार, ११ असार २०८२

माधव नेपालको थुनछेक बहस सुरु


फाइल तस्विर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको थुनछेक बहस सुरु भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको विशेष अदालतमा केहीबेरअघि थुनछेक बहस सुरु भएको हो।

पतञ्जली जग्गा प्रकरणमा बयान दिन आजै अदालतमा हाजिर भएका अध्यक्ष नेपालको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएकाे हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ