- असार ०७, २०८०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा रावणहरूले शासन गरिरहेकाे आरोप लगाएका छन् ।
काठमाडौंमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्
नेपालमा अहिले रावणहरूको शासन भएको छ । रावण भनेको के हो भनेर रावणकाे विम्ब तपाईंको अघिल्तिर आउँछ भन्दै लाेहनीले भने, ‘रावण भनेको अहंकार हो, घमण्ड हो, सर्वसाधरणलाई उपेक्षा गर्ने मनस्थिति हो । त्यो रावण प्रवृत्ति हो ।’
जनताको मत लिएर सरकारमा गएकाहरूमा रावण प्रवृत्ति हावि हुँदै गएको भन्दै यसको विरुद्धमा संघर्ष गर्ने बेला आएकाे बताए ।
टिप्पणीहरू: