- असार ०७, २०८०
काठमाडाैँ। पोखराको लिचीबारी जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका दुई मन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
एमालेका नेतासमेत रहेका गुप्ता र नाउपाकी अध्यक्ष श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ।
साेही प्रकरणमा मुछिएका रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ।
यस्ताे छ आरोपपत्र:
टिप्पणीहरू: