मङ्गलबार, १६ वैशाख २०८२

राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन


काठमाडौं । पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाएको छ ।

संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले  लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई साेमबार प्रतिवेदन  बुझाएका हुन् ।

गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन थिए ।

उनकाे नेतृत्वमा  सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् ।

सांसदहरूका अनुसार राज्यको अर्बौं रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन गरिएको हो । दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यी आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो ।

२४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो । तर, अहिलेसम्म व्यवसायिक उडान हुन सकेकाे छैन ।

१४ अर्बको लागत अनुमान भएपनि २२ अर्ब पु-याइएको विषय र करछुट दिएको विषयलाई उपसमितिले गम्भीर रुपमा लिएको र छानबिनका लागि सम्बन्धित निकायलाई सिफारिस गरेको उपसमितिका संयोजक लिङदेनकाे भनाई छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ