- असार ०७, २०८०
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसादेखि मन्त्रीहरुको ‘घुस डिल’प्रकरणसम्मको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले ती सबैको छानबिन हुनुपर्ने माग गरे। ‘अब भिजिट भिसाको बारेमा मात्रै होइन, यी दर्जनौं मन्त्रीका बारेमा बाहिर कुरा आइरहेको छ,’ लिङ्देनले भने, ‘भ्रष्टचारमा संलग्नताको विषय आइरहेको छ। बजार भाउ बढाएर कमिसन खाएको कुरा आइरहेको छ। ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ।’
आयोग नबनेसम्म आफूहरुको संसद्मा विरोध भइरहने र त्यसलाई सरकारले बेवास्ता गरे सडकबाट प्रतिवाद गर्ने समेत चेतावनी दिए।
टिप्पणीहरू: