शुक्रबार, १६ माघ २०८२

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी


काठमाडौँ। नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्।

पार्टीकाे ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी भएका हुन्। 

भट्ट र महासेठ  केपी शर्मा ओली प्यानलका हुन् भने भट्टराई ईश्वर पोखरेल प्यानलका हुन्।

लेखराजले १ हजार ४५२, रघुवीरले १ हजार ३६८ र योगेसले १ हजार ३४८ मत पाए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ