शुक्रबार, १६ माघ २०८२

एमाले उपमहासचिवमा लेखराज भट्टकाे अग्रता, योगेश भट्टराई दोस्रो


फाइल तस्बिर

काठमाडाैँ। नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उपमहासचिवतर्फ लेखराज भट्टले अग्रता लिएका छन्।

भृकुटीमण्डपमा जारी मतगणनाकाे पछिल्लो मतपरिणामअनुसार उपमहासचिवतर्फ भट्टले ७३४ प्राप्त गरेर अग्रता लिएका हुन्।

यसैगरी ईश्वर पोखरेल समूहका योगेश भट्टराई दोस्रो स्थानमा छन्। उनले ७०९ मत पाएका छन्।

३ उपमहासचिवका लागि भएको निर्वाचनमा तेस्रोमा रघुवीर महासेठ र विष्णु रिमाल चौथो स्थानमा छन्। जसमा महासेठले ६८९ र रिमाल ५४० मत प्राप्त गरेका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ