- असार ०७, २०८०
खाँदबारी। सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको करदाता सेवा कार्यालयलाई निःशुल्क जग्गा स्थानीयले निशुल्क प्रदान गरेका छन्। करदाता सेवा कार्यालयलाई १ करोड रुपैयाँ मूल्य बराबरको जग्गा प्राप्त भएको छ।
खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारमा ५ दलमलव १० रोपनी जग्गा निशुल्क प्राप्त भएको करदाता सेवा कार्यालयका प्रमुख योगेस भट्टराईले जानकारी दिए। करदाता सेवा कार्यालयको नाममा शुक्रबार मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशन पास गरिएको छ।
खाँदबारी–९ तुम्लिङटारका स्थानीय देवेन्द्र घिमिरेले १८ दशमलव १५ बर्गकिलोमिटर, अनिता अधिकारी ६ सय ३० वर्गकिलोमिटर र काली प्रसाद राई १ सय ५० बर्गमिटर जग्गा करदाता कार्यालयलाई निशुल्क जग्गा उपलब्ध गराएको प्रमुख भट्टराईले बताए।
तुम्लिङटारका स्थानीयले ५ दलमलव १० रोपनी जग्गा पास गरेर जग्गा धनीपूर्जा समेत उपलब्ध गराई सकेको कार्यालयले जनाएको छ।
करदाता कार्यालयले केही वर्ष अघिबाट जग्गा खोजी गरिरहेको भएपनि निकै पछि मात्र जग्गा पाउन सफल भएको हो। कार्यालयका लागि निशुल्क जग्गा पाउन ठूलो उपलब्धि भएको कर कार्यालयका प्रमुख भट्टराईले बताए।
करदाता कार्यालय पुग्ने करिब शूल्य दशमलव ६८ रोपनी बाटोसमेत निशुल्क उपलब्ध गराएको जग्गादाता देवेन्द्र घिमिरेले बताए।
कर कार्यालयले जग्गा उपलब्ध भएपछि नयाँ भवन निर्माण चाँडै गर्ने जनाएको छ। करदता कार्यालय सदरमुकाम खाँदबारीमा भाडामा बस्दै आएको छ।
टिप्पणीहरू: