शुक्रबार, २९ चैत २०८१

केवलकार निर्माण विवाद: दमकमा प्रहरी र बन्दकर्ताबीच झडप


ताप्लेजुङकाे पाथीभरामा केवलकार निर्माणको विरोधका क्रममा झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ।

केबलकार निर्माणको विरोधमा केवलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथा, विभिन्न राजनीतिक दललगायतले आज र भाेलि पूर्वका ९ जिल्ला बन्दकाे आह्वान गरेका छन्।

बन्दकर्ताले सवारी साधनमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरीसँग झडप भएको बताइएकाे छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ भने झडपमा सहभागी केही व्यक्तिलाई पक्राउ गरिएको छ।

पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै पहिचान पक्षधरहरुले बन्द र प्रदर्शन गरेका हुन्।

केवलकार निर्माण प्रक्रिया सुरु भएदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने भन्दै विरोध हुँदै आएको छ। 

पाथीभरामा केबलकार निर्माण विवाद: पूर्वका ९ जिल्ला बन्द, जनजीवन प्रभावित


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ