आइतबार, ०२ कात्तिक २०८२

पहिरोले अवरुद्ध कटारी-घुर्मी सडक खुल्यो


फाइल तस्बिर

गाईघाट (उदयपुर)। अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गको कटारी-घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ।

गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो। इलाका प्रहरी कार्यालय कटारीका अनुसार  सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो।

सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी-घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिए।

उनले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उनले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ