सोमबार, ०८ पुस २०८१

किशाेरी बलात्कार अभियाेगमा बालाजी सहकारीका अध्यक्ष राठी पक्राउ


चितवन , १० म‌ंसिर। चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई जिल्ला प्रहरी कार्यालय चितवनले किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ ।

राठीले १७ वर्षीया किशोरीलाई सौराहाको एक होटलमा लगी जबरजस्ती करणी गरेको जाहेरी परेपछि शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी ज्ञानकुमार महतोका अनुसार ४८ वर्षीय राठीले किशोरीले आफूमाथि करणी गरेको भन्दै आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको डिएसपी महतोले जानकारी दिए ।

प्रहरीले जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर राठीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ