शनिबार, २० मंसिर २०८२

हाडनाता करणीमा २५ वर्ष जेल सजाय ताेकिएका कालीबाबा पक्राउ


काठमाडौ । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका कालीबाबालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा भागेका थिए ।

हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतलले २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

उच्च अदालत पाटनले त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ