- असार ०७, २०८०
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले उपचारकाे क्रममा देब्रे हात गुमाएकी छिन् ।
उनको देब्रे हातको कुहिनो भन्दा मुनीको भाग काट्नु परेको पारिवारिक स्रोतले जानकारी दिए ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी जलेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगिएको थियो । उनको बुधबार अपरेसन गर्दा देब्रे हात काटिएको हो ।
टिप्पणीहरू: