बिहिबार, १३ कात्तिक २०८२

झलनाथले मागे माधव नेपालकाे राजीनामा


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालको राजीनामा मागे गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन भैसक्दा पनि पार्टी नेतृत्व नछाडेको भन्दै आलोचना गरे ।

‘मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो । अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने ? कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस् । तपाईँले नेतृत्व छाड्नुस् ।’ उनले भने ।

भ्रष्टाचार मुद्धा लागेकाे भन्दै सरकारले उनका सबै सुविधा फिर्ता गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ