बुधबार, २४ वैशाख २०८२

धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको भन्नेबारे संयन्त्र बनाएर छानबिन गरियाेस्: माओवादी


काठमाडौँ । प्रतिपक्षी दलहरूले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएका भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरे । 

‘हिजो र आज विभिन्न सञ्चार माध्यमहरूमा धितोपत्र बोर्डमा कमिसनकाे खेलका कारण २२ महिनादेखि १००९.५ मेगावटका क्षमता रहेका ४३ जलविद्युत आयोजना ८९ कम्पनीहरूको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको आईपीओ राकियो भन्ने समाचारहरू आएको छ । आजको केही मिडियामा त इप्पानका अध्यक्ष र इप्पानका सदस्यले नै खुलाखुला यसकाबारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ । कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्‍यो। यो निकै गम्भीर र दुःखदायी अवस्था हो।’, उनले भने,  ‘याे घटनाकाबारेमा भरपर्दो संयन्त्र बनाएर छानबिन गर्न पर्‍यो । यो छानबिनका लागि म सभामुखमार्फत नेपाल सरकारलाई रुलिङका लागि माग गर्न चाहन्छु।’

यसैगरी सांसद रोशन कार्कीले आइपिओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गरिन् ।

बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न माग गरे  ।

बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको (सवारी साधन) बोलेरो दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गरे ।

   

  


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ