- असार ०६, २०८०
काठमाडाैं । साँढे पाँच महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि अपिल जारी गर्दै देउवाले यस्ताे बताएका हुन् ।
उनले आफु शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न आफू स्वदेश फर्केको उल्लेख गरेका छन् ।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाको भनाइ छ, । प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गरेका देउवाले कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरून्त समाधान हुनुपर्ने बताएका छन्।
देउवाले कांग्रेसमा विवाद हुँदा राष्ट्रियता कमजोर हुन सक्ने पनि धारणा राख्दै सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गरेर अघि बढ्न पनि अपिल गरेका छन्।
टिप्पणीहरू: