- असार ०७, २०८०
काठमाडाैं । सुनसरीको इनरुवामा श्रीमान श्रीमती मृत फेला परेका छन् ।
आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।
सुनसरी प्रहरीका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।
सवेताको शव ओछ्यानमा फेला परेको छ भने सुकदेवकाे शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीकाे शव भने बेडमा सुतिरहेकाे अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेकाे प्रहरीकाे भनाई छ ।
टिप्पणीहरू: