बिहिबार, ०४ वैशाख २०८२

रवि लामिछानेमाथि ज्यादती भएकाे भन्दै रास्वपाले गुहार्‍याे मानव अधिकार आयोग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकाे छ ।

पार्टीको तर्फबाट बुधबार प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीलगायतका नेताहरुले बिहान आयोगको कार्यालयमा पुगेर निवेदन दिएका हुन् ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे थियाे ।

अदालत आदेशसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले लामिछानेलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको थियाे ।

सभापति लामिछानेलाई पक्राउ गर्न पुगेका प्रहरीको शैली र अभिव्यक्तिले रवि उनको जिउज्यान खतरामा रहेको देखिएको भन्दै रास्वपाले आयोगको ध्यानाकर्षण  गराएकाे हाे । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ