बिहिबार, ०४ वैशाख २०८२

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ताे छ एजेण्डा


फाइल फाेटाे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे सचिवालय बैठक आज बस्ने भएकाे छ ।

पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज अपराह्न ४ बजे सचिवालयको बैठक डाकिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने यस बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ ।

बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने उनले बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ