सोमबार, २६ असोज २०८३

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि प्रस्थान


काठमाडाैं ।  गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन्। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गुरुङ दिल्ली प्रस्थान गरेका हुन्। बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नयाँ दिल्लीमा असोज २७ मा आयोजना हुने भएकाे छ। 

बैठकमा नेपालका गृहमन्त्री गुरुङसहित भारतका अमित शाह, बंगलादेशका सलाहुद्दिन अहमद, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्यान्डका अनुतिन चानविराकुल सहभागी हुनेछन्। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ