- असार ०७, २०८०
काठमाडाैं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल अहिले आफैं सहभागी सरकारकाे आलाेचना गर्न थालेका छन् । मन्त्री भएलगत्तै निर्देशन दिएर चर्चामा आएका मन्त्री पाैडेल सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताउछन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले आफुले तीनपटक जनशक्ति थप्ने प्रस्ताव राखेकाे तर, मन्त्रिपरिषद्बाट स्वीकृत नभएको बताए ।२०४८ सालदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दीको ओएनएम (अर्गनाइजेसन एन्ड म्यानेजमेण्ट) नै नभएको भन्दै मन्त्री पाैडेलले गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा आवश्यक दरबन्दीको (ओएनएम) सर्वेक्षण गर्दा ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको थियो।
मन्त्रालयकाअनुसार ओएनएम सर्वेक्षणअनुसार ६० हजार जनशक्ति स्थानीय तहका अस्पतालका लागि, १५ हजार संघीय र १५ हजार प्रदेश अस्पतालको लागि प्रक्षेपण गरेको थियो।
चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति पूरा गर्ने उद्देश्यले मन्त्रालयले ओएनएम प्रस्ताव गरेको थियो। तर मन्त्रिपरिषद्बाट ओएनएम नै स्वीकृति नभएको मन्त्री पौडेलको गुनासो छ।
टिप्पणीहरू: