शनिबार, २४ जेठ २०८२

शिक्षकसँग तत्काल वार्ता गरेर माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शिक्षक आन्दाेलनका विषयमा चासाे दिएका छन् ।

सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, स्थानीय कर्मचारी, लघुवित्त र सहकारी पीडितका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । सांसद अम्मरबहादुर थापाले शिक्षकसँग तत्काल वार्ता र संवाद गरेर माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

 सांसद कान्तिका सेजुवालले शिक्षकसँग यसअघि भएका सहमतिको कार्यान्वयन गर्दै निःशुल्क र गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको हक सुनिश्चित गर्न आग्रह गरिन्। उनले आगामी आवमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न अनुरोध गरिन् । 

सांसद गङ्गा कार्कीले विभिन्न माग राखेर सडकमा आन्दोलन गरिरहेका शिक्षक, चिकित्सक र लघुवित्त पीडितलगायतको माग पूरा गर्न सरकारसँग आग्रह गरिन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ