- असार ०६, २०८०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार मध्यरातमा भेटघाट भएकाे छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको पनि उनले जानकारी दिए ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
उपचारका लागि देउवा थाइल्याण्ड गए प्रमुख प्रतिपक्ष दल माओवादी पार्टीका अध्य पुष्पकमल दाहाल प्रचण्डले लगत्तै गठबन्धन फेरिन लागेकाे संकेत गरेका थिए । मध्येरातकाे भेटघाटबाट ओली र देउवाले गठबन्धन बलियाे रहेकाे संकेत दिन प्रयाश गरेका छन् ।
सुशासन र संविधान संशाेधनका लागि दुई ठुला पार्टीले मिलेर सरकार बनाएकाे दावी गरे पनि सुशासनकाे विषयमा सबै भन्दै धेरै प्रश्न उठने गरेकाे छ । सहकारी ठगीमा संलग्न कांग्रेस सांसद माया राईलाई पक्राउ गरेर सरकारले नागरिकलाई ओस्वस्त पार्न खाेजिरहेकाे छ ।
रक्षात्कम अवस्थामा रहेकाे सरकार नागरिका असन्तुष्टि र गुनासा सुनेर हैरान छ ।
टिप्पणीहरू: