- असार ०७, २०८०
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा फेरि वार्तामा बाेलाएकाे छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई भोलि दाेस्राे पटक वार्ताको लागि बोलाएको हो ।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले एक हप्तादेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो ।
तर, शिक्षकहरु वार्तामा गएनन् ।
टिप्पणीहरू: