- असार ०७, २०८०
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले मंगलबार मिश्र र राणासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन् । उनीहरूमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
उनीहरू हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीकाे प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र राणा साेही दिन राति पक्राउ परेका थिए ।
उक्त प्रदर्शनका क्रममा २ जनाकाे मृत्यु भएकाे थियाे भने कयाैँ भाैतिक संरचनामा क्षति भएकाे थियाे ।
टिप्पणीहरू: