आइतबार, ०२ कात्तिक २०८२

जेनजी प्रदर्शनमा प्रहरीलाई कुटेर हतियार लुट्ने घिसिङ पक्राउ


काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरीलाई नाङ्गै बनाएर खाेला खाेलै खेद्नने पक्राउ परेका छन् । उनले प्रहरीकाे बर्दी फुकालेर हतियार समेत लुटेका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।

घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशलामा मुद्दा दर्ता भएको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ