आइतबार, ०९ कात्तिक २०८२

जेनजी पनि असल अभिभावक माओवादी नै हाे भन्ने निष्कर्षमा पुग्दैछ : प्रचण्ड


गोरखा। नेकपा (माओवादी केन्द्र)का संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जेन–जि आन्दोलनले उठाएका मुद्दा आफुले विगतकाे संविधानसभा चुनावदेखि नै उठाउँदै आएकाले  अब ती मुद्दा पूरा गर्न हुने बताएका छन् ।

केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति आफ्नाे पनि समर्थन रहेकाे भन्दै उनले जेन–जि आन्दोलन आफ्ना उत्तराधिकारी भएकाे दावी गरे । 'हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।” उनले भने ।

सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै उनले भने “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।”

देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै भने “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।”

अब जेन–जि युवाहरूसँग छलफल हुँदै जाँदा उनीहरुले  पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै गएकाे प्रचण्डले दाबी गरे ।

“हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ। विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।” उनले भने ।

कार्यक्रममा संयोजक प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भने “अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन्। त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ