शुक्रबार, ०५ मंसिर २०८२

जेनजी सरकारकी महान्याधिवक्ता नै डिम्ब तस्करीमा संलग्न रहेको खुलासा


काठमाडौं । जेनजी आन्दोलनको बलमा स्थापित सरकारका महान्याधिवक्ता नै डिम्ब तस्करीमा संलग्न रहेको तथ्यहरु सार्वजनिक हुन थालेको छ ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायधिस समेत रहेकी शुसीला कार्कीले नियुक्त गरेको महान्याधिवक्ता सविता भण्डारी स्वयं डिम्ब तस्करीमा संलग्न रहेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।

डिम्ब तस्करीको अभियोग लागेको होप फर्टिलिटी सेन्टरलाई महान्याधिवक्ता भण्डारीले मुद्दा नलाग्ने निर्णय गरेकी थिइन् । उक्त निर्णय सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । अहिले उक्त संस्थामा  महान्यायाधिवक्ता सविता भण्डारीकै सेयर लगानी रहेको भेटिएको छ ।

होप फर्टिलिटीको सेयर लगतमा उल्लेख भए अनुसार सविता भण्डारीको नाममा ४६ हजार कित्ता संस्थापक सेयर कायम रहेको छ ।

कुल दुई करोड चुक्ता पूँजी रहेको यो कम्पनीमा उनको नाममा २३ प्रतिशत सेयर रहेको देखिन्छ । सो कम्पनीमा उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत छिन् ।
होप फर्टिलिटीको संस्थापक लगानीकर्तामा डिम्ब तस्करीको अभियोग लागेको डा. स्वस्ती शर्माको पनि लगानी छ । शर्माको नाममा सबैभन्दा धेरै ९२ हजार कित्ता शेयर छ ।

अन्य संस्थापक निरज श्रेष्ठ र मालिनी चौधरीको नाममा ३१–३१ हजार कित्ता शेयर लगानी छ ।

होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरको सञ्चालक एवं अध्यक्षको जिम्मेवारीमा रहेकी डा. स्वस्ती शर्मा भण्डारीकी सानीआमाकी छोरी हुन् ।

होप फर्टिलिटी डिम्ब तस्करीमा जोडिएपछि महान्यायाधिवक्ता भण्डारीले गत ३० असोजमा मुद्दा नचलाउने निर्णय गरेकी थिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ