- असार ०६, २०८०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ का घटनाहरूलाई सुनियोजित षडयन्त्र भएको दाबी गरेका छन् ।
नेपाल खेलकुद महासंघ केन्द्रीय समितिको पाँचौँ बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले युवालाई भड्काएर षडयन्त्र पूर्वक सो घटना गराइएको बताए। ‘फेक एकाउन्टमार्फत समाजलाई भड्काएर भदौ २३ र २४ को घटना गराइयो’, उनले भने ।
सो घटना छलकपट र छद्म तरिकाले गरिएको आक्रमण षडयन्त्रमै आधारित रहेको र जेन–जी आन्दोलनको नाममा प्रयोग भएका फेसबुक एकाउन्टमध्ये ठुलो अंश नै फेग रहेकाले यो षडयन्त्र नै भएको उनले बताए ।
महासचिव पोखरेलले विदेशी शक्ति, राजावादी, माओवादी र रास्वपा जस्ता समूहहरूले सहकार्य गरी एमालेविरुद्ध सुनियोजित रूपमा आक्रमण गरेको आरोप लगाए ।
उनले अहिलेको सरकार पनि षडयन्त्रकारीका मतियार भएको बताए । ‘अहिलेको सरकारले खुलेआम रूपमा आगो लगाएर हिँड्नेहरूलाई खुला छाडिरहेको देखिन्छ, सरकारले देखिने मान्छेको छानबिन गर्नुको साटो गोप्य रूपमा षडयन्त्र गर्ने मानिसको छानबिन गर्नु आवश्यक छ’, उनले भने ।
यो सरकारले चुनाव गराउन नै नचाहेको उनको भनाइ छ । ‘राजनीतिक दलसँग संवाद गर्न नचाहने सरकारको नेतृत्वमा चुनाव हुन सक्दैन, राजनीतिक दल र तिनका नेताहरूलाई चुनावमा भाग लिनै दिन चाहने सरकारले चुनाव गराउन सक्दैन’,उनले भने ।
त्यसकारण एमालेले संसद् पुनर्स्थापना, लोकतान्त्रिक प्रक्रिया र शान्ति स्थापनाका लागि सशक्त अभियान अघि बढाउने जनकारी दिए । त्यसकै लागि एमालेले जनप्रदर्शनको कार्यक्रम राखेको उनकाे भनाई थियाे ।
टिप्पणीहरू: