- असार ०६, २०८०
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकाले गठन गरेको छानबिन आयोगप्रति कडा आपत्ति जनाएका छन्।
सरकारले गठन गरेको छानबिन आयोग पूर्वाग्रही भएको उनले बताए । ‘नक्कली छानबिन आयोग एमालेलाई मान्य छैन।’ उनले भने ।
ओलीले वर्तमान छानबिन आयोगलाई ‘पूर्वाग्रही’ र ‘नक्कली’ भन्दै आयोगका संयोजकले तत्काल राजीनामा दिनुपर्ने माग गरे। ‘पहिला नै केपी ओलीलाई थुन्नुपर्छ भन्ने व्यक्तिको संयोजकत्व बनेको छानबिन आयोग नेकपा एमालेलाई मान्य छैन।’
उनले नेपालको राजनीतिक संघर्ष केवल ख्यालठट्टा नभई तीतो अनुभव भएको बताए । ‘हामीले जेलनेल भोगेका छौँ, कठिनाइ भोगको छौँ; यो हामीलाई नयाँ कुरा होइन, देशको रक्षाका लागि र हितका लागि हामी जुनसुकै बलिदान दिन तयार छौँ’, उनले भने ।
ओलीले हाल देशमा नयाँ पुस्ता नाममा चलाइएको आन्दोलनले भ्रम फैलाएर अस्थिरता निम्त्याएको आरोप लगाए। उनले भने, ‘जेनजी भनेर केही युवालाई भ्रममा पारेर देशमा अस्थिरता मच्चाउनेहरूले वितण्डा मच्चाए।’
ओलीले संसद् विगठन असंवैधानिक र गैरकानुनी भएको भन्दै यसको उपचार खोजिने बताए ।
टिप्पणीहरू: