- असार ०७, २०८०
काठमाडौँ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार प्रा.डा. भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।
उनीहरूमाथि कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ।
प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. भण्डारीसहितको संलग्नतामा बिना योजना, एकल स्वार्थ र प्रचलित खरिद कानुनको उल्लङ्घन गर्दै खरिद प्रक्रिया अगाडि बढाइएको उल्लेख छ।
यस्ताे छ आरोप:
टिप्पणीहरू: