बुधबार, १७ वैशाख २०८२

गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई आज राज्यमन्त्री पदमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ